दुई किलो सुनसहित रसुवाकाे धुन्चेबाट निमा दोर्जे पक्राउ
२४ मंसिर, रसुवा । दुई किलो सुनसहित रसुवामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–१ थुमनका ३७ वर्षका निमा दोर्जे तामाङ रहेका छन् । स्याफ्रुबाट काठमाडौँ जान लागेका उनलाई धुन्चेबाट प्रकाउ गरिएको प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले बताउनुभयो । विशेष सुराकीको आधारमा ना १ ज ६१७६ टाटा सुमोको टिकट काटेर काठमाडौँ जान लागेको बेलामा पक्राउ गरिएको उहाँको भनाइ छ ।

‘यसअघि रसुवागढी नाकाबाट सुन तस्करी हुँदै आएकोमा यसपटक भने मालागढीबाट सुन ल्याएको खुलेको छ’, उहाँले भन्नुभयो, ‘हामी थप अनुसन्धान गरिरहेका छौँ ।’
प्रकाशित मिति : 11:19







