१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

एमालेले टुंग्यायो ८ जना मन्त्रीको नाम, कसले के जिम्मेवारी पाउँदै छन ?

३१ असार, काठमाडौँ । नेकपा एमालेले सरकारमा सहभागी हुने ८ जना मन्त्रीको नाम टुंगो लगाएको छ । एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधान सहित अर्थ, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ सञ्चार मन्त्री बन्ने निश्चित भएको छ ।

त्यस्तै बलराम अधिकारी भूमिसुधार र दामोदर भण्डारी उद्योग मन्त्रीमै दोहोरिने निश्चित भएको छ । देवेन्द्र दाहाल भाैतिक पूर्वाधार मन्त्री बन्ने भएका छन । रक्षामा सोलुखुम्बुका मानवीर राइ र समान्य प्रशासनमन्त्रीमा राजकुमार गुप्ता मन्त्री बन्ने भएका छन । त्यस्तै शिक्षामा कास्कीबाट विजयी विद्या भट्टराइ मन्त्री बन्ने भएकी छिन ।

(यसअघि समाचारमा केही नाम र जिम्मेवारी तलमाथि परेकोले क्षमायाचनासहित सच्चाइएको छ । सम्पादक)

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार ०९:१७