१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

अर्को सरकार नबनेसम्म यही सरकारले काम गर्ने, कामचलाउ प्रधानमन्त्री बने प्रचण्ड

२८ असार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्को सरकार नबनेसम्म अहिलेकै सरकारलाई काम गर्ने अधिकार दिएका छन्।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदमा विश्वासको मत प्राप्त गर्न असफल भएका थिए। प्रतिनिधि सभाको सभामुखको पत्र पाए लगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले अर्को मन्त्रिपरिषद् गठन भएसम्म उनकै मन्त्रिपरिषद्ले काम गर्ने जिम्मेवारी तोकेका छन्।

‘नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मतको लागि राखु भएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेको व्यहोरा संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुखको मिति २०८१ असार २८ को पत्र प्राप्त हुन आएकोले नेपालको संविधानको धारा ७७ को उपधारा ३ बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी तोक्नु भएको छ’, विज्ञप्तीमा भनिएको छ।

याेसँगै प्रचण्ड कामचलाउ प्रधानमन्त्री बनेका छन् ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार १९:२७