२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

२७ असार, काठमाडौं । उरुग्वेलाई पराजित गर्दै कोलम्बिया २३ वर्षपछि कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ ।

नर्थ कारोलिनास्थित ब्याङ्क अफ अमेरिका स्टेडियममा बिहीबार बिहान उरूग्वेविरूद्ध १(० गोलको जित निकाल्दै कोलम्बिया फाइनलमा प्रबेश गरेको हो।

कोलम्बियाले यसअघि सन् २००१ मा कोपाको मेक्सिकोलाई पराजित गर्दै उपाधि समेत जितेको थियो । यो दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा रहेको कोलम्बियाले अब १५ पटकको विजेता अर्जेन्टिनासँग फाइनलमा खेल्नेछ ।

लेर्माले खेलको ३९औं मिनेटमा जेम्स रोड्रिग्वेजको पासमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए र दोस्रो हाफमा १० भर्सेस ११ को अवस्थामा रहेपनि कोलम्बियामाथि उरुग्वेल गोल फर्काउन सकेन । दोस्रो हाफमा दुवै टोलीबाट गोल नभएपछि कोलम्बियाले कोपा अमेरिकाको फाइनलमा स्थान बनाएको हो ।

प्रकाशित मिति : 10:34