२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

वरिष्ठ पत्रकार थपलियाको जनतालाई रुवायो गीतलाई एक लाख राशिको पुरस्कार

२७ असार, काठमाडाैँ । वरिष्ठ पत्रकार गोपाल थपलियाको “जनतालाई रुवायो” गीतले “हेम-सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१” प्राप्त गरेको छ । अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनले एक लाख राशिको उक्त पुरस्कार “जनतालाई रुवायो” गीतका लागि प्रदान गर्ने घोषणा गरेको छ ।

भ्रष्टाचार “विरुद्धको गीत प्रतियोगिता” को नतिजा प्रकाशित गर्दै उत्कृष्ट गीतको लागि “जनतालाई रुवायो”लाई पुरस्कार प्रदान गर्ने निर्णय हेम सरिता पाठक फाउन्डेसन नेपालका अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिएका छन ।

सर्जक एवं वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाको शब्द र चर्चित गायक एवं सङ्गीतकार शिशिर योगीको सङ्गीत तथा स्वरमा रहेको “जनतालाई रुवायो” गीत छनौटको लागि वरिष्ठ सङ्गीतकर्मी प्रेमराजा महतको संयोजनमा गठित सिफारिस समितिको सिफारिसमा सो गीतलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

 वि. स. २००६ असोज १५ गते दोलखाको सुष्पा क्षमावतीमा जन्मिनु भएका गीत सर्जक थपलियाको भ्रष्टाचारका ४ र देशभक्तिका ७ गीत रेकर्ड यसअगि भइसकेका छन् भने मुक्तक, कविता, गीत, कथा र निबन्धका ५ कृति प्रकाशित रहेका छन् । स्वतन्त्र सेनानी थपलियाले यसअगि प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार र भीष्म पितामहको सम्मान लगायत सर्वोत्कृष्ट गीतकारको लागि हिमालयन इन्टरनेसनल अवार्ड समेत पाइसकेका छन ।

प्रकाशित मिति : July 11, 2024 at 3:19 pm