२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

अमेरिकी डलर स्थिर रहँदा बढ्यो अष्ट्रेलियन डलरको भाउ

२४ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र अष्ट्रेलियन डलरको भाउ २२ पैसाले महँगिएको छ । राष्ट्र बैंकले यस दिनका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ८८ पैसा तोकेको छ भने खरिददर मूल्य १३३ रुपैयाँ २८ पैसा तोकेको छ ।

त्यस्तै, एक अष्ट्रेलियन डलर २२ पैसाले बढेर बिक्रीदर भाउ ९० रुपैयाँ ३७ पैसा तथा खरिददर ८९ रुपैयाँ ९६ पैसा तोकिएको छ भने एक यूरोको बिक्रीदर मूल्य १४५ रुपैयाँ १० पैसा तथा खरिददर मूल्य १४४ रुपैयाँ ४५ पैसा छ ।

त्यसैगरी, साउदी अरेबियन रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ६९ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ५३ पैसा र यूएई दिराम भाउ स्थिर रहेको छ ।

त्यस्तै, बैंकले एक यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ४५ पैसा, खरिददर मूल्य ३६ रुपैयाँ २९ पैसा र मलेसियन रिंगिटको भाउ पनि स्थिर रहेको छ । एक मलेसियन रिंगिटको बिक्रीदर मूल्य २८ रुपैयाँ ४३ पैसा, खरिददर मूल्य २८ रुपैयाँ ३० पैसा छ ।

सोमबार एक कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ७२ पैसा, खरिददर मूल्य ३६ रुपैयाँ ५५ पैसा, १० जापानी यनको बिक्रीदर मूल्य ८ रुपैयाँ ३३ पैसा छ र एक क्यानेडियन डलरको बिक्रीदर मूल्य मूल्य ९८ रुपैयाँ १५ पैसा तोकिएको छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार १०:१५