१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

२३ गते, असार । आइतबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। यस दिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ बढेर नयाँ उचाईमा पुगेको हो।

यस दिन छापावाल सुनको मूल्य १ लाख ४५ हजार ४०० रुपैयाँ पुगेको छ। यस अघि गत जेठ २५ गते, यस्तो सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो।

शुक्रबार प्रतितोला १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यले यस दिन एक हजार रुपैयाँ बढेर नयाँ अलटाइम हाइ बनाएका हो। यस दिन तेजाबी सुन भने तोलाको १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँ बढेर १ हजार ८९० रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदी तोलाको १ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २३ असार २०८१, आईतवार ११:३५