१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

निर्मलाको न्यायका लागि माइतीघरमा प्रदर्शन

२३ मंसिर, काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको न्यायको माग गर्दै अाज काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । ७० औं मानव अधिकार दिवसको सन्दर्भ पारेर स्ट्याण्ड अप फर जस्टिस नामक अभियानले प्रदर्शन गरेको हो ।

 

निर्मलाको तस्वीर अंकित ब्यानरमा न्यायका लागि उठौं लेखेर अभियानकर्मीहरुले प्रदर्शन गरेका हुन् । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि हरेक दिनजसो काठमाडौंमा प्रदर्शन हुने गरेको छ ।

प्रकाशित मिति : 13:39