१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

सञ्चारमन्त्री बास्कोटाले ८ वर्षसम्म परियोजना ओगटेर काम नगर्ने चिनियाँ ठेकेदारलाई ३२ करोड जरिवाना तिराए

२३ मंसिर, काठमाडौं । नेपाल टेलिकमका हाल जारी दशवटै परियोजना ठेकदार कम्पनीको लापरवाही र टेलिकम नेतृत्वको लाचारीका कारण अलपत्र परेको भन्दै सूचना तथा सञ्चार प्रबिधि मन्त्री गोकुल बास्कोटा आफैं कारवाहीमा उत्रिएका छन् । आठ वर्षसम्म परियोजना ओगटेर काम सम्पन्न नगर्ने चिनियाँ कम्पनी हुवाबेलाई सूचना तथा सञ्चार प्रबिधि मन्त्री गोकुल बास्कोटाले ३२ करोड रुपैयाँ जरिवाना तिराएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फोरजी परियोजना अघि बढाउन आवश्यक सबै निर्णय लिने अधिकार मन्त्रालयलाई दिएपछि बास्कोटा टेलिकम सुधार्न सक्रिय भएर लागेका छन् ।नेपाल टेलिकमको सिडिएमए मोबाइल परियोजना सम्पन्न गर्नुपर्ने मिति ६ वर्ष नाघ्दा पनि काम नभएपछि मन्त्री बास्कोटा आफैं अघि सरेर जरिवाना तिराएकाकाे स्राेतले जनाएकाे छ ।

केही समय अलमलमा परेको ठेकेदार कम्पनीलाई नेपाल टेलिकमका अन्य परियोजनामा पनि यस्तै अलमल गरेको भन्दै कालोसूचीमा राख्ने चेतावनी दिएपछि धमाधम काम अघि बढेको टेलिकम स्रोतले जनाएको छ । सिडिएमए परियोजनालाई अब फोरजी परियोजनामा समायोजन गर्न उनले निर्देशन दिएका छन् ।

प्रकाशित मिति : 10:26