१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

श्रृङ्खला खतिवडाको विश्व सुन्दरी बन्ने यात्रा टुंगियो, उत्कृष्ट पाँचमा पर्न सकिनन्

२२ मंसिर, काठमाडाैँ । मिस नेपाल श्रृङ्खला खतिवडाको विश्व सुन्दरी बन्ने यात्रामा पूर्ण विराम लागेको छ । उत्कृष्ट पाँचमा छानिन नसक्दा उनी उत्कृष्ट १२ बाटै बाहिरिइन ।  चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ को अर्काे उपाधि मिस वर्ल्ड एसियाज २०१८ मा छानिन नसक्दा अन्तिम १२ बाट अगाडि बढ्न सकिनन् ।

अन्तिम ५ मा पर्नका लागि मिस वर्ल्ड एसिया एण्ड अाेसियानिया २०१८ काे उपाधि जित्नु जरुरी थियाे तर त्याे उपाधि थाइल्याण्डले जितेसँगै नेपाल तथा श्रृङ्खलाकाे उपाधि यात्रामा विराम लागेकाे हाे । अन्तिम ५ मा थाइल्याण्ड, युगाण्डा, मेक्सिकाे, बेलारुस र जमैका छानिएका थिए ।

प्रकाशित मिति : 19:20