११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

घट्यो सुन–चाँदीको मुल्य, आज कतिमा हुँदैछ कारोबार?

१२ असार, काठमाडौँ । साताको चौथो कारोबारको दिन नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ७ सय रूपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि तोलाको २५ रूपैयाँले घटेर प्रतितोला १७ सय ९० रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : June 26, 2024 at 11:07 am