यस्ताे रहेछ प्रहरीको गोली लागेर घाइते भएका राजनकाे वास्तविकता
२१ मंसिर, काठमाडौं । ६ वटा घटानमा संलग्न रही प्रहरीको वान्टेड सूचीमा रहेकका राजन लिम्बु शुक्रबार दिउँसो रातोपुलमा प्रहरीले गोली चलाउँदा घाइते भएका छन् ।
महानगरीय अपराध अनुसन्धान महशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले लिम्बु ६ वटा घटनामा संलग्न भइ फरार रहेको बताएका छन् । उनका अनुसार लिम्बु यसअघि पनि ६ वर्ष जेल बसेर निस्केका थिए ।
इटहरी घर भएका लिम्बुले पछिल्लो पटक १२ मंसिरमा इटहरीमा रहेको एक्टिभ मनी ट्रान्फरमा सञ्चालक सबिन दाहाललाई छुरा प्रहार गरेर ३ लाख रुपैयाँ लुटेका थिए ।
२०६३ सालमा उनले रोयल कोअपरेटिभ लिमिटेडको कार्यालयमा प्रवेश गरेर ११ लाख ३० हजार रुपैयाँ लुटिएको घटनामा पनि संलग्न भएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : 15:25









