१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

यस्ताे रहेछ प्रहरीको गोली लागेर घाइते भएका राजनकाे वास्तविकता 

२१ मंसिर, काठमाडौं । ६ वटा घटानमा संलग्न रही प्रहरीको वान्टेड सूचीमा रहेकका राजन लिम्बु  शुक्रबार दिउँसो रातोपुलमा प्रहरीले गोली चलाउँदा घाइते भएका छन् ।

महानगरीय अपराध अनुसन्धान महशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले लिम्बु  ६ वटा घटनामा संलग्न भइ फरार रहेको बताएका छन् । उनका अनुसार लिम्बु यसअघि पनि ६ वर्ष जेल बसेर निस्केका थिए ।

इटहरी घर भएका लिम्बुले पछिल्लो पटक  १२ मंसिरमा इटहरीमा रहेको एक्टिभ मनी ट्रान्फरमा सञ्चालक सबिन दाहाललाई छुरा प्रहार गरेर ३ लाख रुपैयाँ लुटेका थिए ।

२०६३ सालमा उनले रोयल कोअपरेटिभ लिमिटेडको कार्यालयमा प्रवेश गरेर ११ लाख ३० हजार रुपैयाँ लुटिएको घटनामा पनि संलग्न भएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : 15:25