१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

वनस्थलीमा नुवाकोटका छसहित सात युवाले सुरू गरे ‘सिद्धार्थ रेष्ट्रो एण्ड हाम्रो भान्सा घर’

८ असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर १६ वनस्थलीमा सात जना युवाले सामूहिक लगानीमा ‘सिद्धार्थ रेष्ट्रो एण्ड हाम्रो भान्सा घर’ नामको नयाँ रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन । समाजभित्र सामूहिकताको भावना हराउँदै गैरहेको परिप्रेक्षमा व्यवसायमा त्यो झन चुनौतिपूर्ण रहेको छ । तर सोही चुनौति आत्मसात गर्दै नुवाकोट स्थायी घर भएका छसहित सात जना युवाले सामूहिक प्रयासमा काठमाडौँको वनस्थलीमा एक नयाँ रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन ।

केही सातादेखि नै रेष्टुरेन्ट सञ्चालनमा आएको भए पनि शनिबार बृहत सन्देश प्रवाह गरेर सञ्चालनमा ल्याउने कार्यक्रम रहेको सञ्चालक मध्येका एक गणेशकुमार श्रेष्ठले दैनिकीलाई जानकारी दिए । समूहमा विभिन्न पेशा र व्यवसायमा रहेका युवाहरूले सहभागिता जनाएका छन ।

हस्तकला व्यवसायमा सफल बनेका युवा उद्यमी श्याम तिमल्सिना, दुग्धजन्य पदार्थको डेरी उद्योगमा सफल बनेका विष्णु दाहाल, इन्जिनियर प्रल्हाद प्याकुरेल, शिक्षा क्षेत्रमा स्थापित व्यक्तित्व पुरूषोत्तम प्याकुरेल, इन्जिनियर प्रल्हाद अर्याल, नेपाली सेनाबाट अवकाश प्राप्त गरेका गणेशकुमार श्रेष्ठ र इन्जिनियर राजिव जोन्छे रहेका छन । राजवि बाहेक सबै नुवाकोटका हुन राजिव भक्तपुरका हुन ।

प्रकाशित मिति : June 22, 2024 at 8:45 am