२ श्रावण २०८१, बुधबार | Wed Jul 17 2024

सांस्कृतिक पर्यटनको विकासमा बागमती प्रदेश


-लक्ष्मण सिटाैला

विश्व पर्यटन संगठनका अनुसार पर्यटक भनेको “आफ्नो सामान्य वातावरणभन्दा बाहिरका ठाउँहरूमा, मनोरञ्जन, व्यापार वा अन्य उद्देश्यका लागि यात्रा गर्ने र मानिसहरू हुन् । समाज निर्माणका लागि ब्यक्ति आफै चालक हो। चालकले चलन निर्माण गर्छ।चलन भित्र तिनै चालकहरुको दैनिकी अनुघुलन हुन्छ। तिनै दैनिकीहरु बिस्तारै बिस्तारै कालन्तरमा सस्कृती बन्छ । आज हामीले मानिरहेको सस्कृती हिजोका मानिसहरुले बनाएको सामाजिक परम्परा र दैनिकी थियो। सस्कृतिको निर्माण शताब्दीहरूमा हुन्छ, सभ्यताको बढ्दो चरणहरूको साथ यस्ले आफ्नो रुपलाइ परंरागत बचाउ गर्छ। यसले कुनै खास क्षेत्र, समय, भूगोल र समुदायको भौतिक उपलब्धि र आध्यात्मिक प्रगतिलाई प्रतिबिम्बित गर्दछ, र प्रकृति, वातावरण, जीवन, अन्य जीवित प्राणीहरू र पारस्परिक सम्बन्धहरूप्रति हाम्रो दृष्टिकोण यसैमा बिम्बित हुन्छ ।

संस्कृतिले हामीलाई हाम्रो जीवनशैली, दार्शनिक सोच, कलात्मक रुचि, परम्परा आदिसँग परिचय गराउँछ।
यसले हाम्रो सामुदायिक सोच र अस्तित्व र विकाससँग सम्बन्धित गतिविधिहरूको विवरण प्रस्तुत गर्दछ।
जब व्यक्तिगत वा सामुहिक सोच वा कुनै पनि आवश्यकता पूरा गर्ने उपायले सार्वजनिक मान्यता पाउन थाल्छ, तब त्यो क्रमशः संस्कृतिको हिस्सा बन्न थाल्छ ।

संस्कृति र पर्यटन परिपुरक हुन

संस्कृतिलाई अंग्रेजीमा कल्चर भनिन्छ, जुन ल्याटिन शब्द कल्ट वा कल्टसबाट आएको हो र यसको अर्थ पूजा गर्नु, परिष्कृत गर्नु हो।सस्कृतिको अर्थ समाजको विचार,परम्परा र चलनसँग सम्बन्धित छ। र त्यो समाजको सोच र कामको प्रकृतिमा निहित छ। मानिस एक बौद्धिक प्राणी हो, उसले आफ्नो बुद्धि र विवेकले आफ्नो वरपरको परिस्थितिलाई सुधार गरिरहन्छ। उसले आफ्नो चलन, नैतिकता र जीवनशैलीमा सुधार गरिरहन्छ, जसले मानिसलाई जंगली जनावरहरूबाट माथि उठाउँछ र तिनीहरूलाई सभ्य बनाउँछ। सभ्यता संस्कृतिको अंग हो । सस्कृती र पर्यटन एक अर्काका परिपुरक हुन। हामी जब पर्यटनका लागि बाहिर जान्छौ कित भौतिक भूगोलसग जोडिएका हुन्छौ कि त ती समाज र समुदायको धर्म परम्परा रितिरिवाजसग जोडीन पुग्छौं । हरेक समुदायको परम्पराले हामीलाई आकर्षण गर्छ।

पर्यटन एक गतिशील र बहुमुखी वैश्विक उद्योग हो, जसमा फुर्सद, व्यवसाय वा अन्य उद्देश्यका लागि मानिसहरूको सामान्य वातावरणभन्दा बाहिर गन्तव्यहरूमा आवतजावत हुन्छ। यसले धेरै देशहरूको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्छ, रोजगारी, राजस्व उत्पादन र सांस्कृतिक आदानप्रदानमा योगदान पुर्‍याउँछ। पर्यटन उद्योगले यातायात, आवास, आकर्षण र सेवाहरू सहित गतिविधिहरूको विस्तृत दायरालाई समेट्छ, ती सबैले समाज, संस्कृति र वातावरणलाई प्रभाव पार्ने आकर्ष पारिस्थितिको प्रणाली निर्माण गर्छ।

पर्यटनले गन्तव्यमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्न सक्छ। सकारात्मक पक्षमा, यसले आवास, खाना, मनोरञ्जन र यातायातबाट राजस्व आर्जन गरेर आर्थिक वृद्धिलाई प्रोत्साहन गर्न सक्छ। यसले पूर्वाधार विकास र रोजगारी सृजना पनि गर्न सक्छ,। यसबाहेक, पर्यटनले सांस्कृतिक आदानप्रदानलाई सहज बनाउँछ, जसले गर्दा विविध जनसङ्ख्याहरूबीच अझ बढी समझ र प्रशंसा बढाउँछ। ऐतिहासिक स्थल र परम्पराको संरक्षणलाई प्रोत्साहन गरी सांस्कृतिक सम्पदाको संरक्षण गर्न पनि सकिन्छ ।

कहिलेकाही पर्यटनले चुनौती पनि सगै ल्याएको हुन्छ । लोकप्रिय गन्तव्यहरूमा भीडभाडले वातावरणीय ह्रास, स्रोतहरूमा दबाब र स्थानीय प्रामाणिकता गुमाउने जस्ता समस्याहरू निम्त्याउन पनि सक्छ । पर्यटनको निर्भरताले अर्थतन्त्रहरूलाई आगन्तुक संख्यामा भर पर्न लगाइ आर्थिक उतार-चढावको अवस्था पनि सिर्जना गर्न सक्छ, जस्तो कि कोभीड -१९ महामारीको रूपमा विश्वव्यापी संकटको समयमा देखिएको थियो। पर्यटकहरू र स्थानीय समुदायहरू बीच सांस्कृतिक द्वन्द्वहरू हुन सक्छन, जसले संस्कृतिको प्रामाणिकता र उपभोक्ताकरणको बारेमा चिन्ता निम्त्याउँन सक्छ। पर्यटनले सरुवा रोगहरुलाइ फैलाउन पनि मद्दत गर्छ। यी सबै कुराको बाबजुद पनि पर्यटन एउटा त्यस्तो ब्यापार हो जस्मा मानसिक ताजकिकरणका साथ अर्थ उपार्जनका लागी सबैभन्दा सहज बाटो हो।

पर्यटन पेशामा चुनौतिहरू पनि छन तर यस्लाइ दिगो रूपमा लैजानुको विकल्प पनि छैन। सकारात्मक प्रभावलाई अधिकतम बनाउँदै नकारात्मक प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्य रह्यो भने यसबाट लाभ बाहेक हानी छैन। यसमा जिम्मेवार यात्रा अभ्यासहरू, प्राकृतिक स्रोतहरूको संरक्षण, स्थानीय अर्थतन्त्रको लागि समर्थन र सांस्कृतिक सम्पदाको संरक्षण समावेश हुनु जरुरी छ । सरकार, व्यवसाय र यात्रुहरूले गन्तव्यहरूको दीर्घकालीन उपयोग सुनिश्चित गर्न दिगो पर्यटनको महत्त्वलाई बढ्दो रूपमा मान्यता दिनु आवश्यक छ।

पर्यटन त्यस्तो उद्योग हो जसले अर्थतन्त्र, समाज, संस्कृति र वातावरणमा दूरगामी प्रभाव पार्छ। आर्थिक वृद्धि र सांस्कृतिक आदानप्रदानको लागि यसको सम्भावना अत्यधिक छ।आर्थिक विकास र प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षणबीच सामंजस्यपूर्ण सन्तुलन सिर्जना गर्न दिगो पर्यटन अभ्यासहरू हाम्रो देश नेपालमा भइरहेका छन।

पर्यटन सेवाको व्यावसायिक प्रावधान प्रयोग गरी मनोरञ्जन, आराम र आनन्दको खोजीमा घरबाट टाढा समय बिताउने कार्य र प्रक्रिया हो। जस्तै, पर्यटन आधुनिक सामाजिक प्रणालीको उत्पादन हो, पश्चिमी यूरोपमा १७ औं शताब्दीबाट पर्यटन सस्कृतिको सुरुवात भएको थियो।, यद्यपि यो शास्त्रीय विशिष्टतामा पुरानो समयको सस्कृती हो। यो अन्वेषणमा फरक छ कि पर्यटकहरू “हिडेको बाटो” पछ्याउँछन्, प्रावधानको स्थापित प्रणालीबाट लाभ उठाउँछन्, र आनन्द खोज्नेहरूको रूपमा, सामान्यतया कठिनाइ, खतरा र अप्ठ्यारोबाट अछुतो कोहि हुन्नन तथापि आनंद खोज्दा अप्ठ्यारोको सामना नगरेसम्म त्यो रमाइलो पनि हुँदैन । पर्यटन रमाइलो र आफैमा आनन्दानुभुतीको एउटा पाटाे हो।

आजकल हरेक मानिसलाई कुनै न कुनै समस्याले घेरेको छ, पैसा र ग्लैमरको बीचमा खुशी कतै हराएको जस्तो लाग्छ। यी सबैको बाबजुद पनि हरेक व्यक्तिले आफ्नो जीवनमा केही न समय निकाल्नुपर्छ ताकि उसले आफ्नै देशको नयाँ नयाँ स्थानको भ्रमण वा अर्को देशको यात्रा गरी फेरि अत्माताजगीलाई अँगालो हाल्न सकोस् । हरेक बर्ष
सेप्टेम्बर २७ मा बिश्व पर्यटन दिवस मनाइन्छ यस्ले पनि पर्यटन र पर्यटकको महत्व दर्शाउछ।

पर्यटन संस्कृतिलाई कसरी परिभाषित गर्न सकिन्छ ?

कुनै पनि मानव सभ्यताले स्वीकार गरेको वैचारिक, व्यावहारिक र सामाजिक रूपमा चेतनशील अवधारणा वा अभ्यासलाई संस्कृति भन्न सकिन्छ। यसलाई पूर्ण रूपमा परिभाषित गर्न धेरै कठिनाइहरू छन्। संस्कृतिमा कतिपय अनावश्यक र अप्रासंगिक गतिविधिहरू पनि समावेश हुने भएकाले पनि संस्कृतिलाई परिभाषित गर्न एउटै जवाफ पर्याप्त हुदैन ।
संस्कृति भनेको मानिसलाई एकअर्कासँग बाँध्ने धागो हो, जो जहाँ भए पनि,एकअर्काबाट छुट्टिएर पनि सस्कृतीले जोडिएको देखिने गर्छौं, तर पनि हामी फरक छौं,दुई भिन्नलाइ एक बनाउने काम सस्कृतिले गर्छ। सास्कृतिक पर्यटन दुई भिन्न भावनाहरूको संयोजन पनि हो र यसले भावनाहरूलाई एकसाथ जोड्ने काम गर्दछ। हाम्रो भाषा, बोली, धर्म, जात जस्ता धेरै माध्यम हुन सक्छन् तर त्यसको एउटा पक्ष यस्तो छ कि जसले यसलाई संस्कृति भन्दा मात्र पूर्ण बनाउँछ।
पर्यटनले हाम्रो जीवनमा खुशीका पलहरू फिर्ता ल्याउन मात्रै नभई कुनै पनि देशको सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ।
भूपर्यटनले एकअर्कालाई सूचना, ज्ञान, संस्कृति र परम्पराको आदानप्रदान गर्न मद्दत गर्दछ, यसले दुबैलाई व्यापार र आर्थिक विकासको अवसर प्रदान गर्दछ, स्थानीय वस्तुहरू, कला र उत्पादनहरूलाई नयाँ बजार प्रदान गर्दछ र मानवताको विकासमा पनि मद्दत गर्दछ ।

बागमती सभ्यता र पर्यटन

बागमती सभ्यता प्राचीन सभ्यता हो । पशुपतिनाथ मन्दिरको स्थापना पछि यहाँको धार्मिक पर्यटनको इतिहास सुरु हुन्छ। मानदेव द्वारा निर्मित चागुनारायणको मन्दिर तथा उपत्यका भित्र रहेका चारनारायण मन्दिरका कारण बाग्मती सभ्यता प्राचीन धार्मिक सभ्यता हो।पवित्र नदी बागमतीको नाउँबाट नामाकरण भएको यो सभ्यता भित्र हिन्दु र बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता छ। आज यहाँ भारतबाट बर्सेनि लाखौंको संख्यामा हिन्दु र बौद्ध धर्मावलम्बीले धार्मिक पर्यटन गर्छन् । गणतन्त्र स्थापना पछि बागमती प्रदेशको नामले चिनिएको यो प्रदेश भित्र १३ जिल्ला आवद्ध छन। अग्ला हिमालय पर्वत देखि मठमन्दिर नदी अनि हिमाल देखि तराईसम्म जोडिएको यो प्रदेश संघीय राजधानी पनि हो। यो अरु ६ वटा प्रदेश भन्दा धार्मिक पर्यटनको हिसाबले सबैभन्दा महत्वपूर्ण प्रदेश हो। प्राचीन नगरी कान्तिपुर ललितपुर र भक्तपुर यहि प्रदेशमा पर्छन। अन्तर्राष्ट्रिय एयर्पोट यही प्रदेशको राजधानी काठमान्ठुमा पर्छ ।पर्यटकीय गन्तव्यको हिसाबले बागमती सभ्यता एक प्रकारको तीर्थस्थल जस्तै हो । ऐतिहासिक रूपमा बागमती प्रदेशको आफ्नै विशेष महत्त्व छ। पौराणिक कथाका आधारमा पनि बागद्वार, शिवपुरी बाबा, बुढानीलकन्ठ गोसाइँकुण्ड तीर्थस्थल विशेष भएकाले यहाँ मानिसहरु पर्यटकका रुपमा पनि आउने गर्दछन् ।

काठमाण्डौ उपत्यका भित्र बहने सबैभन्दा ठुलो नदी र अन्य सहायक नदीहरु जस्तो रुद्रमती, मनमती, वल्खुखोला, नख्खुखोला, गोदावरी, कोडेकुखोला, हनुमन्ते, मनहरा र विष्णुमती लागयतका नदीहरुले अझै बागमती सभ्यतालाई चिनाउन सहयोग पुर्याएको छ। तर उपत्यका भित्र बहने नदीहरुको पदूषणका कारण यस्को गरिमामयतालाइ क्षयकृत बनाएको छ। वाग्मती नदीको सहायक नदीहरुका रुपमा बहने उपत्यका भित्रका सबै नदीनालाहरुबाट पनि वाग्मती नदी प्रदूषित हुने भएकोले उपत्यकाभित्र रहेका सबै नदीनाला, खोलाहरुको शुद्धीकरण, हरितक्षेत्र तथा सडक निर्माण र नदीको वहाव क्षेत्र निर्धारण गर्न वृहत्तर बागमती योजना कार्यन्वयनमा आएको पनि छ। त्यस्का लागि सबै राजनीतिक दलले पहल गर्नु अत्यन्तै जरुरी पनि छ।

यहाँको मौसम र प्राकृतिक सौन्दर्यका कारण पनि मानिसहरू भ्रमण गर्छन। यहाँ धार्मिक सामाजिक विविधता छ अनि सबैमा आपसी मेलमिलापको भावना कायम छ।नेपाली समाज “वसुधैव कुटुम्बकम” मा बिश्वास गर्छ। संस्कृति हाम्रो शरीरमा मेरुदण्डको हड्डी जस्तै हो यदि शरीरमा मेरुदण्ड छैन भने हाम्रो शरीर आधार बिनाको हुन्छ र आधार बिना कुनै पनि चीज धेरै समय टिक्न सक्दैन ,त्यसैले हामीलाई थाहा भयो कि हाम्रो संस्कृति हाम्रो देशको मेरुदण्ड हो।

हामी नेपालीहरू पाहुनालाई देवताको रूपमा मान्छौ, यो नेपाली संस्कृतिको एक अनमोल पहिचान हो, नेपालको जुनसुकै कुनामा जानु भयो भने पनि बस्ने ठाउँ, चिया–पानी माग्दा पाहुनालाई कसैले फिर्ता पठाउँदैन । अपरिचित भए पनि सम्मानपूर्वक बस्नुपाइन्छ ।धर्मभन्दा विज्ञानको प्रभाव बढी भएको देशमा यस्तो खालको पर्यटन सस्कृती पाइदैन । हामी बढी धार्मिकता र सेवाभावले बढी प्रभावी छौ। संविधानत हामी धर्म निरिपेक्ष देश हौ तर हामी नास्तिक होइनौं आस्तिक हौं ।

(लेखक सिटाैला राष्ट्रिय स्वतन्त्र पार्टीको वागमती प्रदेशको पर्यटन विभागका प्रमुख हुनुहुन्छ )

प्रकाशित मिति : ३ असार २०८१, सोमबार २१:१२