स्वास्थ्य क्षेत्रमा ९७७ दरबन्दी थप
१४ जेठ, काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन (ओएनएम) स्वीकृत गरेको छ । उक्त निर्णयसँगै संघीय पुल अन्तर्गत स्वास्थ्य क्षेत्रमा कुल १ हजार ८०८ दरबन्दी स्वीकृत भएको छ ।
यसअघि कायम रहेको ८३१ दरबन्दीमा ९७७ नयाँ थपिएपछि मन्त्रालयअन्तर्गत कुल दरबन्दी संख्या एक हजार ८०८ पुगेको छ । नयाँ संरचनाअनुसार विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूको दरबन्दीमा उल्लेखनीय वृद्धि गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : May 28, 2026 at 6:03 pm









