१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

सामसङको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर, आकर्षक एक्सचेन्ज, बोनस र सजिलो किस्ता सुविधा

१४ जेठ, काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि ‘अपग्रेड टु ग्यालेक्सी’ अफर घोषणा गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन सिरिजमा सहज रूपमा अपग्रेड गर्न सक्नेछन् ।

यस अफरमार्फत ग्राहकहरूले आकर्षक छुट, थप एक्सचेन्ज बोनस, विशेष टेलिकम अफर तथा सहज फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् । अभियान अन्तर्गत ग्राहकहरूले शून्य प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको किस्ता सुविधा पनि पाउनेछन् ।

ग्राहकहरूले आफ्नो पुरानो सेलेक्टेड डिभाइस ल्याएर त्यसको मूल्यसँगै अधिकतम ८ हजार रुपैयाँसम्मको अतिरिक्त एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् ।

विभिन्न स्मार्टफोन मोडलहरूमा आकर्षक ‘निश्चित छुट’ र ‘एक्सचेन्ज बोनस’को व्यवस्था गरिएको छ। जसअनुसार, एस२६ अल्ट्रा र एस२६ मोडल खरिद गर्दा ग्राहकहरूले १० हजार रुपैयाँ निश्चित छुट र ८ हजार रुपैयाँ एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् ।

यसैगरी, एस२६+ मोडलमा सबैभन्दा धेरै २३ हजार रुपैयाँ निश्चित छुट र ८ हजार रुपैयाँ एक्सचेन्ज बोनसको सुविधा रहेको छ । अर्कोतर्फ, ए५७ र ए३७ मोडलहरूमा भने ५ हजार रुपैयाँ निश्चित छुटका साथै ५ हजार रुपैयाँ नै एक्सचेन्ज बोनस उपलब्ध गराइएको छ ।

यस विशेष अफरसँगै एनसेलले सामसुङका स्मार्टफोन खरिदकर्ताहरूका लागि आकर्षक बोनस डेटाको सुविधा पनि ल्याएको छ। जसअनुसार एस२६ सिरिजका फोन खरिद गरी न्यूनतम ३९९ रुपैयाँको एनसेल प्याक खरिद गर्दा ग्राहकले प्रति रिचार्ज १५ जीवी बोनस डेटा प्राप्त गर्नेछन् ।

यो सुविधा १२ पटकको रिचार्जसम्म उपलब्ध हुनेछ, जसबाट ग्राहकले कुल १८० जीवी डेटाको फाइदा लिन सक्नेछन् । त्यसैगरी, ए५७, ए३७, ए१७ र एम१७ मोडलका स्मार्टफोनहरूमा न्यूनतम २९९ रुपैयाँको प्याक खरिद गर्दा प्रति रिचार्ज १० जीवीका दरले १२ पटकसम्ममा कुल १२० जीवी बोनस डेटा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

नयाँ सार्वजनिक गरिएको ग्यालेक्सी एस२६ सिरिज्, सामसङको नवीनतम फ्ल्यागशिप इनोभेसन हो, जसले शक्तिशाली प्रदर्शन, उन्नत आई-आधारित फिचरहरू तथा प्रिमियम प्रयोग अनुभव प्रदान गर्दछ ।

ग्यालेक्सी ए५७ र ए३७ ५जीले ग्यालेक्सी ए सिरिज्मा स्मार्ट एआई फिचर, भरपर्दो परफर्मेन्स तथा आकर्षक डिजाइन उपलब्ध गराउँदै दैनिक प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव दिने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

यो अफर सीमित अवधिका लागि (मे २७ देखि जुन ३० सम्म) देशभरिका अधिकृत सामसङ रिटेल स्टोर तथा पार्टनर आउटलेटहरूमा उपलब्ध हुनेछ ।

ग्राहकहरूलाई इएमआई योजना, एक्सचेन्ज सर्त तथा अन्य जानकारीका लागि नजिकैको सामसङ स्टोरमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : May 28, 2026 at 5:46 pm