१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

काठमाडौँमा घर नहुँदा अप्ठ्यारो परेको भन्दै कांग्रेस सांसदले मागे ​फ्लाट

३० जेठ, काठमाडाैँ । काठमाडौँमा घर नहुँदा अप्ठ्यारो परेको भन्दै नेपाली कांग्रेसका एकजना सांसदले ​फ्लाट दिनुपर्ने माग गरेका छन् ।

बुधवार शहरी विकास मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गत विनियोजित बजेटमाथि खर्च कटौती प्रस्ताव राख्ने क्रममा प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसद अजयकुमार चौरसियाले सांसदको लागि सरकारले फ्लाट दिनुपर्ने बताएका हुन् ।

उनले बएठकमा बाेल्दै भने, ‘आज सांसदको अवमूल्यन हुने र संसदीय व्यवस्थालाई बलियो नगर्ने किसिमको काम भइरहेको छ । सांसदसँग आम जनताको विकासको आशा-भरोसा हुन्छ, सांसद निरीह भएका छन् । काठमाडौँमा जसको घर छ, त्यसलाई समस्या छैन । घर नहुने सांसदलाई अति अप्ठ्यारो छ । सरकार र मन्त्रालयले सांसदको लागि वर्षमा १०-१० वटा फ्लाट बनाएको भए आज बस्ने व्यवस्था गरिसकेको हुन्थ्यो । त्यतातर्फ सरकारको ध्यान छैन ।’

उनले सांसद मजबुत नभएसम्म संसीय व्यवस्था बलियो नहुने दावी समेत गरे । उनले भने ‘संसदीय क्षेत्र विकास कार्यक्रम आर्थिक विधेयकमा पारित भएर पनि कोर्टले रोकेको छ । यस्तो पनि हुन्छ ? पार्लियामेन्ट सार्वभौम सम्पन्न छ, संसद्‌ले पारित गरेको कार्यक्रम रोक्दा हामी सांसद बोल्दैनौं । मिडिया पनि सधैं विरोधमा हुन्छ’ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार १५:२७