१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रास्वपाले असार ७ गते चियापान गर्ने


२७ जेठ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसका अवसरमा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आगामी असार ७ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।

सो पार्टीको आजको केन्द्रीय सचिवालय बैठकले स्थापना दिवसका अवसरमा आगामी असार १ देखि असार ७ गतेसम्म वडादेखि केन्द्रसम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाउने पनि निर्णय गरेको सहमहामन्त्री एवं सङ्गठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

“स्थापना दिवसका अवसरमा असार १ गतेदेखि हालै निर्माण सम्पन्न भएका र निर्माणाधिन भौतिक पूर्वाधारका योजनाको अनुगमनका साथै रक्तदान, सरसफाई, वृक्षरोपण र मैत्रीपूर्ण खेलकुद जस्ता कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ”, उनले भने ।

सहमहामन्त्री बुर्लाकोटीले पार्टीका प्रदेश, जिल्ला, पालिका र वडा कार्यालयहरुमा विभिन्न कार्यक्रमहरु गरी स्थापना दिवस मनाउन अनुरोध गरिएको बताए ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आईतवार १९:३५