१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

ललितपुर चापागाउँका शिशिर श्रेष्ठ सशस्त्र प्रहरीको टोलीबाट पेस्तोलसहित समातिए

१८ मंसिर, काठमाडाैँ । ललितपुर चापागाउँका शिशिर श्रेष्ठ सशस्त्र प्रहरीको टोलीबाट पेस्तोलसहित समातिएका छन । मंगलबार सशस्त्र प्रहरी बल नेपालको विशेष टोलीले काठमाडौंको कमलपोखरीबाट एउटा अवैध पेस्तोलसहित श्रेष्ठलार्इ पक्राउ गरेको हो ।

विशेष सुराकीको आधारमा मंगलबार दिउँसो कुमारी हल नजिकै रहेको भोजु रेस्टुरेन्ट एण्ड क्याफेबाट उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक अजय छतकुलीले दैनिकीलार्इ जानकारी दिए । उनका अनुसार श्रेष्ठको साथबाट ७.६२ एमएमको अटोमेटिक पेस्तोल र एउटा म्यागजिन बरामद गरेको थियो ।

प्रकाशित मिति : 21:26