८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

भन्सार छलेर नुवाकोट आइपुगेको रासायनिक मल प्रहरी नियन्त्रणमा

२२ जेठ, नुवाकोट । भारतबाट गैरकानुनी रुपमा नुवाकोट ल्याइएको एक सय बोरा रासायनिक मल प्रहरीले बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक तिलक भारतीका अनुसार दुईवटा गाडीमा ल्याइएको रासायनिक मल अस्थायी प्रहरी पोष्ट कोल्पुटारको टोलीले बरामद गरेको हो ।

मलसहित मल बोकेको दुईवटा गाडी र सो कार्यमा संलग्न व्यक्तिलाई कारबाहीका लागी नुवाकोट प्रहरीले राजस्व अनुसन्धान विभागलाई बुझाएको छ ।

नुवाकोट प्रहरीले यही जेठ ३ गते पनि भारतबाट गैरकानुनी रुपमा नुवाकोट ल्याएको २० बोरा रासायनिक मल बरामद गरेको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलवार १०:२८