प्रशिक्षार्थी प्रहरीलाई फायरिङ सिकाउने क्रममा गोली लागेर प्रहरी जवान राजेन्द्र यादव घाइते
१८ मंसिर, मोरङ । प्रशिक्षार्थी प्रहरीलाई फायरिङ सिकाउने क्रममा गोली लागेर प्रहरी जवान राजेन्द्र यादव घाइते भएका छन् । फायरिङ गर्न सिकाउने क्रममा गोली लागेर पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत प्रहरी जवान राजेन्द्र यादव घाइते भएका हुन् । मंगलबार दिउँसो प्रशिक्षार्थी प्रहरीलाई तालिम दिने क्रममा सिरहा घर भई क्षेत्रीय तालिम केन्द्रमा कार्यरत २७ वर्षीय यादवको देव्रे हातको हत्केलामा गोली लागेको हो ।

नयाँँ प्रशिक्षार्थीहरुलाई गोली हान्न सिकाउने क्रममा पेस्तोलमै गोली अड्किएपछि पेस्तोलबाट गोली बाहिर निकाल्न खोज्दा पड्किएर देब्रो हातको तत्केलामा लागेको हो । गाेली लागि घाइते भएका यादवलाई उपचारका लागि मंगलबार नै काठमाडौँ लगिएको छ ।
प्रकाशित मिति : १८ मंसिर २०७५, मंगलवार १७:१२












