१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपाल लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा


२० जेठ, काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएकाे हो । आइतवार बिहान बसेको इन्स्योरेन्सको सञ्चालक समिति बैठकले करसहित २१.०५५ अर्थात् १ अर्ब ७२ करोड ८९ लाख ९२ हजार ९०० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल बिमा प्राधिकरण र इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्न सक्ने छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आईतवार १३:०८