३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

घट्याे सुन–चाँदीको भाउ, प्रतितोला कति पुग्यो ?

२० जेठ, काठमाडाैँ । साताकाे पहिलाे काराेबारकाे दिन नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मुल्य ताेलामा २ सय रूपैयाँ घटेर छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी चाँदीकाे मुल्य ताेलामा २५ रूपैयाँले घटेर प्रतितोला एक हजार आठ सय ५० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

प्रकाशित मिति : June 2, 2024 at 11:42 am