१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षबिहीन

१७ मंसिर, काठमाडाैँ । प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा न्यायपरिषद्को सिफारिसका विषयमा सामान्य छलफलमात्र भएको संवैधानिक परिषद्का सदस्य समेत रहेका राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले दैनिकीलार्इ जानकारी दिए ।

उनले केही दिनमा पुनः बैठक बसेर प्रधानन्यायाधीशको सिफारिस गरिने बताए । न्याय परिषदले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशद्वय चोलेन्द्र शमशेर जवारा र दीपकराज जोशीको नाम सिफारिस गरेको छ। न्यायाधीश जोशी यसअघि पनि प्रधानन्यायाधीका लागि सिफारिसमा परेर संसदीय विशेष सुनुवाइ समितिद्वार अस्वीकृत भएका कारण उनको नाम कैफियतमा राखेर सिफारिस गरिएको छ। हालका प्रधानन्यायाधीश ओमप्रकाश मिश्र आगामी पुस १७ बाट अनिवार्य अवकाश हुँदैछन्।

प्रकाशित मिति : December 3, 2018 at 1:05 pm