३ असार २०८१, सोमबार | Mon Jun 17 2024

आइएमई लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?


१३ जेठ, काठमाडाैँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले घोषणा गरेको २५ प्रतिशत बोनस सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो ।

अब सोमबार समायोजित मूल्य अनुसार  कम्पनीको कारोबार ४४८ रुपैयाँमा खुल्नेछ । आज कम्पनीको अन्तिम कारोबार ५६० रुपैयाँमा भएको थियो । इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बराबर बोनस शेयर र पुँजीको २५ प्रतिशत बराबर बोनस शेयर र कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीकाे सातौँ वार्षिक साधारण सभा जेठ २८ गते काठमाडौँमा आयोजना गर्दैछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ १४ गते बुकक्लोज मिति तय गरेको थियो । यसकारण आजसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न तथा साधारणसभामा भाग लिन पाउनेछन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आईतवार १७:१९