३ असार २०८१, सोमबार | Mon Jun 17 2024

नेपाल पुनर्बीमा कम्पनीको सीईओमा सुरेन्द्र थापा नियुक्त


१३ जेठ, काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्र थापा नियुक्त भएका छन् । थापालाई शनिवार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

थापा यसअघि अजोड इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत थिए भने त्यसअघि राष्ट्रिय बीमा संस्थानमा कामु प्रशासकसम्म भएका थिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आईतवार १६:२४