३ असार २०८१, सोमबार | Mon Jun 17 2024

अर्थमन्त्रीले संसदबाटै बजेट भषाण गर्ने, १९ खर्बको बजेट आउने अनुमान


१३ जेठ, काठमाडौँ । यही मंगलबार दिउँसो १ बजे अर्थमन्त्री वर्षमान पुनले संसदबाटै बजेट भाषण गर्ने भएका छन । बजेट भाषणका लागि सभामुख देवराज घिमिरेले जेठ १५ गते मंगलबारका लागि संसदको संयुक्त सदनको बैठक आह्वान गरेका छन । उक्त बैठकमा अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पढ्नेछन । नेपाली कांग्रेसले संसदमा बिरोध जारी राखे पनि संसदबाटै बजेट ल्याउने निर्णयमा सरकार पुगेको हो ।

सरकारले करिब १९ खर्ब हाराहारीको बजेट ल्याउने अनुमान गरिएको छ । यसैबीच प्रतिनिधिसभाको बैठकमा आइतबार अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०र८१ को आर्थिक सर्वेक्षण पेस गरेका छन । अर्थमन्त्री पुनले सर्वेक्षण पेस गर्दै भने, “गत आर्थिक वर्षको पूरा अवधि र चालुको आवको आठ महिनासम्मको सङ्घ, प्रदेश र स्थानीय तहको समग्र आर्थिक, सामाजिक, क्षेत्रगत विकास तथा सुशासनको चित्रण तथा विश्लेषण गरिएको छ ।”

उनले मुलुकको आर्थिक, सामाजिक परिसूचकमा सुधार हुँदै गएको उल्लेख गर्दै उहाँले उत्पादनमूलक, उद्योग र निर्माण क्षेत्रको उत्पादनमा आएको सङ्कुचनको बाबजुद कृषि र सेवा क्षेत्रमा भएको विस्तारले मुलुकको अर्थतन्त्र ३।९ प्रतिशतले विस्तार हुने अनुमान गरिएको जानकारी दिए ।

वित्तीय क्षेत्र सुधार हुँदै गएको बताउँदै उहाँले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको र निक्षेप एवम् कर्जाको व्यापार दर घट्दै गएको उल्लेख गरे । चालु आवको फागुनसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ५।६ प्रतिशतले बढेको उनले बताएका  छन ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आईतवार १४:०५