प्रिन्सिपल्स एसोसिएसन अफ नेपालको काठमाडौँको अध्यक्षमा प्रकाश सुवेदी
१३ जेठ, काठमाडौँ । गते शिवपुरी मावि महाराजगञ्जका प्रधानाध्यापक प्रकाश सुवेदीको अध्यक्षतामा प्रिन्सिपल्स एसोसिएसन अफ नेपालको २५ सदस्यीय काठमाडौं जिल्ला समिति गठन भएको छ । भेलाले उपाध्यक्ष खगेन्द प्रसाद रिमाल नागार्जुन नगरपालिका, सचिव रिता तिवारी काठमाडौं महानगरपालिका, सहसचिव रुद्र कोइराला वुढानिलकण्ठ र कोषाध्यक्ष देवराज महर्जन कीर्तिपुरलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
नवनिर्वाचित समितिलाई प्रिन्सिपल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष टिकाराम पाण्डे, महासचिव लक्ष्मण श्रेष्ठ र सदस्य यमनाथ चौलागाँईले वधाई तथा कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा काठमाडौं जिल्ला क्षेत्र नं। ५ का संघिय सांसद माननीय प्रदीप पौडेल प्रमुख अतिथि र शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौंका शिक्षा अधिकारी विचारीप्रसाद अधिकारी विशेष अतिथि हुनुहुन्थ्यो ।
प्रमुख अतिथि पौडेलले प्रधानाध्यापकहरुको सीप र क्षमताको वृद्धि तथा विकासले मात्र विद्यालयहरु अब्बल हुने बताउनु भयो । उहाँले एउटै व्यक्तिले प्रशासनिक र शैक्षिक नेतृत्व लिनु पर्ने भएकोले यो आफैमा चुनौतिपूर्ण भएकोले प्रधानाध्यापकहरुको विषय माग र मुद्दामा एकाकार भइ संघीय संसदमा आवाज उठाउने साथिको रुपमा आफुलाई लिन अनुरोध गर्नुभयो ।
विशेष अतिथि शिक्षा विकास तथा समन्वय इकाइका अधिकारी विचारीप्रसाद अधिकारीले आफु पनि विद्यालयको प्रधानाध्यापकको भुमिका निर्वाह गरेको व्यक्ति भएकोले प्रधानाध्यापकको कार्य क्षेत्र, कार्यव्यस्तता र नेतृत्व शैलीका वारेमा परिचित रहेको बताउनुभयो । उहाँले यो एसोसिएसनले प्रधानाध्यापकका विषयवस्तु, विद्यालयका समयसामयिक एजेण्डा र एक्काइसौ शताव्दिको शैक्षिक नेतृत्वजस्ता सवालमा आवश्यक काममा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
प्रकाशित मिति : १३ जेष्ठ २०८१, आईतवार ०९:४३