१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

समृद्धिको पहिलाे आधार कृषिः मन्त्री पौडेल

१६ मंसिर,    प्रदेश नं ५ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले निर्वाहमुखी कृषिलाई व्यवसायीकरण गरी समृद्ध प्रदेश बनाइने बताइन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज आयोजना गरेको प्रदेश नं ५ को आवधिक योजना तर्जुमासम्बन्धी सुझाव संकलन गोष्ठीलाई सम्बोधन गर्दै उनले प्रदेशको समृद्धिको महत्वपूर्ण आधार कृषि भएको बताएकी हुन् ।

उनले निजी र सार्वजनिक क्षेत्रलाईसँगै र प्रतिस्पर्धी ढङ्गले अघि बढाउन सक्दा विकास प्रभावकारी हुनसक्ने बताइन्। ‘‘हाम्रो रणनीति भनेको कृषिको व्यावसायिक विकास गरी कृषिमा रहेका बहुसङ्ख्यकलाई आर्थिक रुपमा सवल बनाउने हो’’, उनले भनिन, “कृषिको व्यावसायिक विकास गर्न सक्दामात्रै गाउँमै रोजगारको अवस्था सिर्जना हुनेछ ।”

प्रदेश योजना आयोगका सदस्य पुष्पा भुषालले छलफलको अवधारणा पत्र प्रस्तुत गर्दै दस्तावेज विषयवस्तु मात्रै महत्वपूर्ण नभएर प्रक्रिया पनि महत्वपूर्ण भएकाले योजना तर्जुमा सम्बन्धमा सुझाव संकलन गर्न गोष्ठी आयोजना गरेको बताइन् । गोष्ठीमा बाँके जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद, स्थानीय तहका प्रमुख उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : December 2, 2018 at 12:11 pm