१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच भेट, संसदमा जारी गतिरोधका बारेमा चासो

११ जेठ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट गरेका छन् । सो भेटमा राष्ट्रपति पौडेलले जारी संसदको गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए ।

प्रकाशित मिति : 10:05