१ असार २०८१, शनिबार | Sun Jun 16 2024

अमेरिकाद्धारा सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार


९ जेठ, काठमाडाैँ । क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले अस्वीकार गरेको छ । अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकपमा सहभागी हुन सन्दीपले अमेरिकाको भिसा एप्लाई गरेका थिए ।

सन्दीपले अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको  सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघले उनलाई नेपाली टिममा समावेश गरेको थियो । तर अमेरिकाले भिसा नदिएपछि सन्दीप नेपालमै रोकिएका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार १७:०४