२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

महिला लक्षित परियोजनामा लगानी बढाउन लघुवित्त संस्थालार्इ मन्त्री अर्यालको अाग्रह

१५ मंसिर, काठमाडाैँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्म अर्यालले लघुवित्त संस्थाले महिला लक्षित आत्मनिर्भरउन्मुख परियोजनामार्फत गरीबी निवारणमा सहयोग पुग्ने काम गर्नुपर्ने बताएकी छिन ।

दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई काठमाडाैँमा सम्बोधन गर्दै मन्त्री अर्यालले महिला लक्षित आत्मनिर्भरउन्मुख परियोजना वित्तीय लगानी बढाउन आग्रह गरिन । मन्त्री अर्यालले लघुवित्त संस्थालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र प्रधानमन्त्री गरीबी निवारण कोषसँग हातेमालो गरी अगाडि बढ्न सुझाव समेत दिइन ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीले राष्ट्र बैंकमार्फत झण्डै रु तीन खर्ब लघुवित्त संस्थामा लगानी भएको जानकारी दिँदै लघुवित्त संस्थाको शुद्धीकरण, प्रबलीकरण, सुदृढीकरण र एकीकरणमा जोड दिनुभयो । ‘स्वच्छ लघुवित्त, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ शुरु भएको सो सम्मेलनमा विभिन्न विषयका विज्ञले आआफ्ना कार्यपत्र प्रस्तुत गर्ने आयोजक समितिका अध्यक्ष शङ्करमान श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ मंसिर २०७५, शनिबार १८:२४