८ असार २०८३, सोमबार | Mon Jun 22 2026

हकप्रदको प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सको साधारण सभा आज बस्दै

४ जेठ, काठमाडाैं। नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा आज बस्दै छ । कम्पनीको वैशाख १८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार आज उक्त सभा भृकुटीमण्डपमा रहेको नेपाल पर्यटन बोर्डमा बिहान ११ बजे बस्न लागेकाे हाे ।

साे सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको जारी तथा चुक्तापूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँको ४० प्रतिशत अर्थात १० सेयरबापत ४ सेयर अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै हकप्रद सेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि भई २ अर्ब ३० करोड १९ लाख ३८ हजार पुग्ने हुँदा सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएको सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले गत वैशाख २७ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसकाे अर्थ वैशाख २६ गतेसम्म नेप्सेमा काराेबार भइ कायम रहेका सेयरधनीले मात्रै सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : May 17, 2024 at 10:44 am