१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एमाले सर्लाहीको अध्यक्षमा पुनः राजनारायण साह विजयी


३ जेठ, बरहथवा (सर्लाही) । नेकपा (एमाले) को सर्लाही जिल्ला अध्यक्षमा राजनारायण साह पुनः निर्वाचित भएका छन् । एमालेको नवौँ जिल्ला अधिवेशनबाट उनी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचिन भएका हुन् ।

निर्वाचन समितिका संयोजक रमेश न्यौपानेका अनुसार पार्टीको जिल्ला उपाध्यक्षमा बिदुरकुमार प्याकुरेल, सचिवमा डिल्लीप्रसाद अधिकारी, उप–सचिव (खुल्ला) मा बलराम एस्माली मगर र उप–सचिव (महिला) मा विभा नेपाल निर्वाचित भएका छन् ।

यस्तै लेखा समिति अध्यक्षमा रमेशप्रसाद चौलागाई, सचिवमा रेणुका पौडेल र खुला सदस्यमा खेमबहादुर भण्डारी निर्वाचित भएकाे निर्वाचन समितिले जनाएको हो । कूल ६ सय १० प्रतिनिधिमध्ये पाँच सय ७४ जना बुधबार मतदानमा सहभागी भएका थिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहीबार १७:३१