११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

क्यानडा पठाइदिन्छु भन्दै ६ जनाबाट डेढ करोड ठगी गरी फरार रहेकी संगीता अधिकारी पक्राउ

१४ मंसिर, काठमाडौँ । क्यानाडा पठाइदिन्छु भन्दै छ जनाबाट १ करोड ३८ लाख लिएर फरार भएकी संगीता अधिकारी रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । मोटो रकम ठगी गरेर फरार रहेकी रायमाझीलाई अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श संघको सहायतामा अपराध अनुसन्धान महाशाखाको टोलीले काठमाडौँबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले बताएकाे छ । पक्राउ पर्ने अधिकारी नेपालका चर्चित फुटबल खेलाडी निराजन रायमाझीकी श्रीमती हुन् ।

उनले क्यानडा पठाइदिन्छु भन्दै काभ्रेका नविन तामाङबाट २३ लाख, दोलखाका सुदिन खड्काबाट २६ लाख २० हजार, भक्तपुरका रामकृष्ण सुवालबाट १९ लाख ९० हजार, काभ्रेका धिरेन्द्र कुमार पुलामीबाट २२ लाख र भक्तपुरका जयराम सुकुभुटुबाट २० लाख लिएर फरार भएकी थिइन् । रायमाझीले पीडितहरूको पासपोर्टमा क्यानडाको नक्कली भिसा लगाएर मोटो रकम ठगी गरेकी हुन् ।

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार १८:१२