अाफ्नै छाेरीलार्इ बलात्कार गरी गर्भवती बनाउने बाबुलाई २३ वर्ष कैद
१४ मंसिर, सिन्धुपाल्चोक । जिल्ला अदालत सिन्धुपाल्चोकले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई २३ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले अभियुक्तबाट पीडितलाई ७० हजार क्षतिपूर्ति भराउनेसमेत फैसाला गरेको छ ।

दुई वर्षअधि श्रीमतीको मृत्यु भएका अभियुक्तले मादकपदार्थ सेवन गरी सुतिरहेकी छोरीलाई जबरर्जस्ती करणी गरेका थिए । पटक/पटकको करणीबाट गर्भवती भएपछि २०७४ साल साउन २६ गते छाेरीले जाहेरी गरेकी थिइन् । जाहेरीपछि ४६ वर्षीय बाबु प्रतिवादी विरुद्ध २०७४ भदौ २० गते नाबालक हाडनाता र जबरर्जस्ती करणीको तीन वटा छुट्टाछुट्टै मुद्दा दर्ता भएको थियो ।
प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार १६:१५












