८ असार २०८३, सोमबार | Mon Jun 22 2026

हिमालयन रि इन्स्योरेन्सको खुद नाफासँगै बढ्यो प्रतिसेयर आम्दानी

३० वैशाख, काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १००.५४ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४६ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएकाे थियो।

कम्पनीको खुद बीमाशुल्क आर्जन पनि १२३.९५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म यो रकम १ अर्ब ५५ करोड ८७ लाख रुपैयाँमा सीमित थियो ।

१० अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीको सेयर प्रिमियममा ३ अर्ब १८ करोड रुपैयाँ र विशेष जगेडामा ९२ करोड ११ लाख रुपैयाँ रहेकाे छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ३ रुपैयाँ ५७ पैसा बढेर १२ रुपैयाँ ४१ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ९७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४९.१५ गुणा रहेको छ।

प्रकाशित मिति : May 12, 2024 at 9:27 am