७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

सानिमा रिलायन्सको नाफामा उछाल, यस्तो छ प्रतिसेयर आम्दानी


२८ वैशाख, काठमाडाैं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजानिक गरेको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ३० करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । याे नाफा गत आर्थिक वर्षको सोही अवधिकाे तुलनामा ९२.९४ प्रतिशतले बढी हाे । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले  १५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियाे ।

तेस्रो त्रैमाससम्ममा कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ११८.९३ प्रतिशतले बढी हो । गत आवमा कम्पनीले १ अर्ब ९५ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीका बीमा कोषको आकार २४.१४ प्रतिशतले बढेर १३ अर्ब ५५ करोड रुपैयाँ भन्दा बढी पुगेको छ। तेस्रो त्रैमाससम्ममा कम्पनीले कुल १ अर्ब ४१ करोड रुपैयाँ दाबि भुक्तानी गरेको छ।

चालु आर्थिक वर्षमा कम्पनीले लगानी तथा कर्जाबाट हुने आम्दानी १४२.७२ प्रतिशतले बढाएर १ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ। गत वर्ष यस्तो आम्दानी ४६ करोड ४२ लाख रुपैयाँ थियो। हाल ४ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ९९ करोड ७२ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिसम्ममा कम्पनीकाे प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७१ पैसा छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ९९ पैसा छ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार ११:२३