४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

लाभांश पारित गर्न नेपाल पुनर्बीमा कम्पनीले बोलायो साधारण सभा

२७ वैशाख, काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बाेलाएकाे छ। वैशाख २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी जेठ १७ गते  काठमाडाैंकाे बत्तिसपुतलीमा रहेको कम्पनीकाे अनुपम फूडल्याण्ड एण्ड ब्याङक्वेटमा नवौं वार्षिक साधारण सभा बाेलाएकाे हाे ।

उक्त सभाले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनाका लागि) गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको खर्च अनुमोदन गरिनुका साथै कम्पनीको प्रबन्धपत्र/नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सोही बमोजिम आवश्यक आवश्यक कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी जेठ ६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ जेठ ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : May 9, 2024 at 3:02 pm