५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

आवास नभएकालाई जग्गा उपलब्ध गराइन्छः मन्त्री अर्याल

१३ मंसिर, स्याङ्जा । भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले आवास नभएकालाई सरकारले एक पटकका लागि जग्गा उपलब्ध गराउने बताउनुभएको छ ।

गल्याङ नगरपालिका–३ स्थित बल्पुकस्थित गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रको तेस्रो साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै उहाँले घरबास नभएका जनतालाई कार्यविधि बनाएर एक पटकका लागि जग्गा उपलब्ध गराउने योजनाका साथ अगाडि बढेको जानकारी दिनुभयो ।

पूर्वसांसद मुक्ति पाठक, जिल्ला समन्वय समितिका उपप्रमुख दिलीप बगाले, प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, गल्याङ् नगरपालिका प्रमुख भुपाराज अधिकारीलगायतले जिल्लाको समग्र विकासका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

प्रकाशित मिति : November 29, 2018 at 10:37 pm