२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

सनराइज बैंकले सेयरधनीलार्इ ९४ करोड रूपैयाँ नगद लाभान्स बितरण गर्ने

१३ मंसिर, काठमाडाैँ । सनराइज बैंक लिमिटेडले शेयरधनीलाई आर्थिक वर्ष २०७४÷७५ को मुनाफाबाट नगद लाभान्स वितरण गर्ने निर्णय गरेको छ । बैङ्कको सञ्चालक समितिको आज बसेको बैठकले शेयरधनीलाई रु ९३ करोड ७५ लाख ४३ हजार नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभान्स नेपाल राष्ट्र बैङ्क तथा बैङ्कको आगामी साधारण सभाबाट स्वीकृत भएपश्चात् वितरण गरिनेछ । बैङ्कले नगद लाभान्सका लागि योग्य रहेका शेयरधनीलाई नगद लाभान्समा लाग्ने कर कट्टा गरी रकम प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १३ मंसिर २०७५, बिहीबार २२:२६