६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

पोखरा फाइनान्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता


२५ वैशाख, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । मंगलबारनेप्से परिसूचक २.०६ अंकले बढेर १९६०.८१ को विन्दुमा कायम हुन पुगेको छ ।

मंगलबार पोखरा फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड ३२ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै यस दिन आरएसडिसी लघुवित्तको ६ करोड ५७ लाख ४६ हजार रुपैयाँ, हिमालयन लघुवित्तको ५ करोड १७ लाख ९८ हजार रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको ४ करोड ३० लाख १६ हजार रुपैयाँ र नेपाल फाइनान्सको ४ करोड २७ लाख ६ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलवार १५:१६