६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

लाभांश र हकप्रदको प्रस्ताव पारित गर्न सन नेपाल लाइफले बोलायो साधारण सभा


२५ वैशाख, काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको वैशाख १६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ ९ बिहान १० बजे काठमाडौंको कालिकास्थानमा रहेको अमृतभोग केटरर्समा ७ औं वार्षिक साधारण सभा बोलाएको हो ।

उक्त सभामा २३.८० प्रतिशत बोनस सेयर र १.२५२६ प्रतिशत नगद लाभांश गरी कुल २५.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । त्यस्तै, सभामा प्रस्तावित बोनस सेयर वितरण पश्चात चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ कायम हुने र नपुग पूँजी कायम गर्न उक्त पूँजीको २७ प्रतिशत हकप्रद जारी गर्ने लगायतका प्रस्ताव पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले वैशाख २७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ वैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलवार ११:५६