६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

नेपाल रिपब्लिक मिडिया नोक्सानीमा


२५ वैशाख, काठमाडाैं । नेपाल रिपब्लिक मिडियाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५२ लाख २६ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत वर्षको यसैअवधिमा यो कम्पनीले ३ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो । सञ्चालन आम्दानी १५ करोड ९१ लाखबाट घटेर १३ करोड ५७ लाख रुपैयाँ कायम भएकाे छ ।

९६ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको सञ्चित नोक्सानी ५१ करोड ५० लाख रुपैयाँ रहेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ७२ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ८७ रुपैयाँ ८१ पैसा रहेको छ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलवार ११:१६