६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

सिटिजन लाइफको प्रस्तावित लाभांश रद्द हुने, प्राधिकरणले दियो निर्देशन


२४ वैशाख, काठमाडाैं। सिटिजन लाइफ इन्स्योरेन्सले आजै मात्र घोषणा गरेको लाभांश रद्द हुने भएको छ । एकै वर्ष दुईपटक लाभांश घोषणा गर्न नपाउने बताउँदै नेपाल बीमा प्राधिकरणले लाभांश स्थगन गर्न निर्देशन दिइुकेको जनाएकाे छ ।

इन्स्योरेन्सको वैशाख २३ गते बसेको सञ्चालन समितिको बैठकले हाल कायम सेयर प्रिमियम रकमबाट २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश सेयरधनीलाई प्रस्ताव गरी गत माघ १४ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरिसकेको छ । त्यसैले एउटै आर्थिक वर्षमा दुईपटक लाभांश घोषणा गर्न नपाउने र सेयर प्रिमियम रकम यो वर्ष चलाउन नपाउने प्राधिकरणले जनाएकाे छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार १७:०७