६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता


२४ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबार दिन साेमबार सेयर बजार दोहोरो अंकले गिरावट आएको छ । सोमबार नेप्से परिसूचक १५.६२ अंकले घटेर १९५८.७५ को विन्दुमा कायम हुन पुगेको छ ।

साेमबार सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ३१ करोड ९८ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल फाइनान्सको १० करोड ८१ लाख ६६ हजार रुपैयाँ, पोखरा फाइनान्सको ९ करोड ८० लाख १२ हजार रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको ६ करोड ६५ लाख ४३ हजार रुपैयाँ र गाेर्खाज फाइनान्सको ६ करोड ३६ लाख ७० हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार १५:१९