१० पुष २०८२, बिहीबार | Fri Dec 26 2025

नुवाकोटका पर्शुराम भण्डारी तीन थानको सुनको बालासहित काठमाडाैँबाट पक्राउ

१३ मंसिर, काठमाडाैँ । नुवाकोटका पर्शुराम भण्डारी तीन थानको सुनको बालासहित काठमाडाैँबाट पक्राउ परेका छन । महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमान स्थल सुरक्षामा खटिएको प्रहरी टोलीले भण्डारीलार्इ बिहीबार पक्राउ गरेको हो ।

प्रहरी टोलीले अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तर्फको पार्किङ एरियाबाट नुवाकोट, दुईपिपल ३ बस्ने वर्ष २४ को पर्शुराम भण्डारीलाई सुन जस्तो देखिने ३ थान बाला सहित पक्राउ गरेको हो । भण्डारीलार्इ आवश्यक कारवाहीका लागि सुन जस्तो देखिने बाला सहित अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाईएको जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७५, बिहीबार १९:०६