१३ जेष्ठ २०८१, आईतवार | Sun May 26 2024

सिटिजन लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, यस्तो छ बोनस र नगद


२४ वैशाख, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख २३ गते बसेको संचालक समितिको बैठकले हाल कायम सेयर प्रिमियम रकमबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको २६.९८४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.४२०२ प्रतिशत नगद लाभांश गरी कुल २८.४ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने घोषणा गरेको हो।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी विशेष साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण हुने छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार १०:१३