५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

जसपा फुट्यो, अशोक राईले बनाए नयाँ पार्टी


२३ वैशाख, काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । पार्टी विभाजन गर्ने निवेदन निर्वाचन आयोगमा दर्ता भएको छ । अशोक राईसहित सात जना सांसदले आयोगमा दल विभाजनका लागि निवेदन दिएका छन । राईसहित सांसदहरू नवलकिशोर साह सुड्डी, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसीना खान र सुशीला श्रेष्ठले विभाजनका लागि हस्ताक्षर गरेका छन ।

झा संसदीय समितिको सभापति छिन भने साह संघीय सरकारमा वन तथा वातावरण मन्त्री समेत छन् । जसपा नेपालसँग संघीय संसद्‌मा १२ सांसद छन् । त्यसमध्ये ७ सांसदले दल विभाजनको निवेदन दिएका हुन । जसपा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी रहेको छ । यादवले उपप्रधान तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका छन । माधवकुमार नेपालले नयाँ सरकार बनाउने तयारी थालेपछि जसपाको उपेन्द्र यादवले पनि त्यता साथ दिने संकेत देखेपछि राईको नेतृत्वमा दल विभाजन भएको हो ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आईतवार १८:१२